१८ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गर्ने भएका छन् ।
दुई पार्टीबीच प्रदेश २ का चार सिट बाँडफाँटमा सहमति समेत गरेका छन्, जसअनुसार कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक तथा समाजवादीको तर्फबाट दलित र अन्य पदमा उम्मेदवार दिइनेछ ।
