सिद्देश्वर बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सम्पन्न आँखा सिविर मार्फत २ सय ६५ जनाले सेवा प्राप्त गरेका छ्न।
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ मा स्थापित यश सहकारिले शनिवार आयोजना गरेको सिविर मार्फत ३६ जनाले निशुल्क मोतिविन्दुको अपरेशनको मौका समेत प्राप्त गरेका छन। सो सिविरमा देखिएका ३६ जना मोतिबिन्दुबाट पिडितहरुलाई बिराट आँखा अस्पताल लगिएको हो।

सिद्देश्वर साकोसको आयोजना र बिराट आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा सम्पन्न सिविरमा मोतियाविन्दुको अपरेशनका साथै आँखा परिक्षण , लेन्सको शक्ति परिक्षण ,निशुल्क औषधि वितरण , विशेष छुटमा चस्मा विक्री लगायतको कार्यक्रम भएको संस्थाका सचिव नगेस कफ्लेले बताउनु भयो।
