शनिवार सम्पन्न चुनावी राष्ट्रिय अधिवेशन मार्फत शंकर विजयी बनेका हुन। कुशल युवा व्यवसायी शंकरले २ प्रतिद्वन्दीलाई पछि पर्दै नेपाल जेसिजको बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन।

चितवनको रत्ननगरमा सम्पन्न चुनावी अधिवेशनमा मोरङ्गका शंकरले चितवनका बीस हजार जेसिजका अरुणेश्वर खनाल र काभ्रे जेसिजका विकास मानन्धरलाई पराजित गर्दै जित हात पारेका हुन। जम्मा १ हजार ५ सय ६५ मतदाताले गरेको मतदानबाट शंकरले ५ सय ५१ मत प्राप्त गरेका छन भने पराजित विकास मानन्धरले ४८७ र अरुणेश्वर खनालले ५२७ मत प्राप्त गरेका छन।
राष्ट्रिय अध्यक्षमा निर्वाचित शंकर पथरी जेसिजका संस्थापक अध्यक्ष रहेका छ्न।
