पथरीका पत्रकार तिम्सिना लाई इलाममा सम्मान

पथरी शनिश्चरे, २९ मंसिर
मोरङको पथरीशनिश्चरे नगरका पत्रकार, कलाकार एवम् साहित्यकार भूपेन्द्रराज तिम्सिनालाई आज इलामको चुलाचुलीमा सम्मान गरिएको छ ।


चुलाचुली रंगमञ्चको सातौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दहालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै तिम्सिनालाई सम्मानित गर्नुभयो ।
अढाई दशकदेखि नेपाली पत्रकारिता, साहित्य र कलाकारितामा पुर्याउनु भएको योगदान तथा चुलाचुली रंगमञ्चका गतिविधिलाई प्रोत्साहित गर्दै आएबापत उहाँलाई सम्मानित गरिएको संस्थाका संस्थापक अध्यक्ष चेतन आङ्थुपोले कार्यक्रममा उल्लेख गर्नुभयो ।
पथरी शनिश्चरे नगरपालिकाका सूचना सम्पादक समेत रहनु भएका तिम्सिना ब्लाष्ट टाइम्स, सप्तकोशी एफएम लगायतमा आवद्ध हुनुहुन्छ । उहाँले २ वटा गजल संग्रह प्रकाशित र एउटा लघु चलचित्र निर्माण गर्नु भएको छ ।