एभरेष्ट प्रिमियर लिगमा हासिम अमला !

 

१८ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग आयोजकले यो सिजन दक्षिण अफ्रिकाको पूर्व कप्तान हासिम अमलाले समेत खेल्ने बताएको छ । तर कुन फ्रेन्चाइज टिमले ल्याउन लागेको खुलाएको छैन ।
आयोजक ईपीएल प्रालिका प्रवन्ध निर्देशक अमिर अख्तरले अमलाले खेल्ने बताए । तर यसबारे थप जानकारी सम्बन्धित फ्रेन्चाईजले नै जानकारी गराउने उनले बताए ।