विवेक न्यौपाने पथरी– मोरङ्गको पथरी शनिश्चरेलाई लक्षित गरि ग्रामीण महिला विकाश केन्द्रले निशुल्क कम्प्युटर तालिम र अंग्रेजी भाषा कक्षा संचालन गर्ने भएको छ। केन्द्रले नगरमा रहेका दलित, आदिवासी , जनजाति , मधेसी ,अनाथ, असहाय , गरिव र जेहेन्दारका लागि निश्चित कोटा निर्धारण गरि कार्यक्रम आयोजना गर्न लागेको पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराएको छ।
पथरी शनिश्चरेमा स्थापित पथरी आईटी कलेजको प्राविधिक सहयोगमा केन्द्रले ३ महिने कम्प्युटर र अङ्ग्रेजी भाषा सिकाइने भएको हो। पथरी शनिश्चरे नगरलाई लक्षित गरि आयोजना हुन लागेको तालिममा ५० जनालाई निशुल्क तालिम प्रदान गरिने बताइएको छ।
जसमा १५ जना दलित, आदिबासी, जनजाती, १० जना अनाथ, असहाय, २० जना गरिब तथा जेहेन्दार र ५ जना मधेसी गरी कोटा छुट्याइएको ग्रामिण महिला विकाश केन्द्रकि सचिव शान्ति पाख्रीनले बताइन।
निशुल्क ५० जनाको अलावा थप ३ सय जनालाई विशेष छुटमा तालिम प्रदान गरिने पथरी आइटी कलेजका संचालक मनकुमार घिमिरेले जानकारी दिए। जसमा ३० जनालाई ९० प्रतिशत, ७५ जनालाई ८० प्रतिशत, ९५ जनालाई ७० प्रतिशत र १०० जनालाई ६० प्रतिशत छुट गराई तालिम प्रदान गरिने घिमिरेको भनाई छ।